झुलाघाट पक्की पुल निर्माण : १८ औँ दिन अनसनमा २६ जना सहभागि
बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण माग गर्दै सुरु भएको अनिश्चितकालीन अनसन जारी रहेको छ। बैतडीलाई भारतसंग जोड्न झुलाघाटमा मोटरेवल पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनशनमा स्थानीयको ऐक्यवद्धता बढ्दै गएको छ। रिले अनसनको १८ औँ दिन आज पनि २६ जनाले ऐक्यवद्धता जनाएका छन। पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दले १८ औँ दिन आज २६ जनाले ऐक्यवद्धता जनाउँदै रिले अनसन बसेको बताए।
चन्दले जिल्लाका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालय पुगेर अनसन बस्दै ऐक्यवद्धता जनाएको बताए। यसरी आजको रिले अनसनमा ऐक्यवद्धता जनाउनेमा नरि सिंह भाट, खिमानन्द भाट, हर्क बहादुर चन्द, मोहन वराल, प्रेम भाट, पुष्करराम जोशी, प्रजापती जोशी, प्रेम बहादुर चन्द, दान सिंह थापा, उत्तर बहादुर ऐर, किसन ठगुन्ना, दिनेश ठगुन्ना, कर्ण बहादुर राना, रमेश पाण्डेय, दिपेन्द्र बहादुर चन्द, सुरेन्द्र सिंह ऐर, किरन चन्द, खेमराज अवस्थी, जनकराज भट्ट, गोकर्ण दयाल, विरा दयाल र प्रवेश सिङाल रहेका छन।
नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्पिूर्ण रुपमा जिल्लाबासीले दिदै आएको दबाबले कुनै सीप नचलेपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको छ। पुल निर्माणको माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने चेतावनी दिईएको छ। तर सरकारले माग सम्बोधनका विषयमा अहिले सम्म कुनै तदारुकता देखाएको छैन।