बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते
धनगढी: बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जगन्नाथ गाउँपालिका–३, दाउणास्थित पिलुचौरबाट मनिकाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४३८७ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको हो।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–३, मनिकाडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी ५२ वर्षीया रामसरा देवी सिंहको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य चार जनाको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचार भइरहेको छ।