डोटीमा ७ किलो ८५ ग्राम चरेशसहित बझाङका दुई जना पक्राउ
डोटीः डोटीमा ७ किलो ८५ ग्राम चरेशसहित बझाङका दुई जना पक्राउ परेका छन्।
डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहबाट चरेश ७ किलो ८५ ग्रामसहित बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्री बस्ने २८ वर्षीय बिरेन्द्र जप्रेल र ४८ वर्षीय ओम जंग बहादुर कडायत पक्राउ परेका हुन्।
दुबै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडर, डोटीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।