सुदूर नेपाललाई विश्वसँग जोड्दै

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ :महासचिव पोखरेल

२०८३ मंसिर ११, ०३:०४ रासस

पोखरा :नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कास्कीद्वारा यहाँ आयोजित पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति÷समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । यसैबिच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताए ।

“कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर निवार्चनमा विचार मिल्ने दलहरुबिच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उनले भने । महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताए ।  

कमेन्ट लोड गर्नुस