सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागूऔषध र चरेशसहित लम्कीचुहाका एक युवक पक्राउ

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८३ मंसिर ११, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषध र चरेशसहित लम्कीचुहाका एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट खैरो हिरोइन १ ग्राम ७४० मिलिग्राम र चरेश १ ग्राम ६६० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–७ बस्ने २७ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्। चौधरीलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस