सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई नै कांग्रेसमा कायम राख्नेबारे प्रधानमन्त्री टिमका व्यक्तिको अडियो सुनेको गगनको दाबी

२०८३ मंसिर ८, ०४:५९ खबर संवाददाता

धनगढी: कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले कांग्रेसको आधिकारिकताबारे बोलेको अडियो आफूले सुनेको खुलासा गरेका छन्।

सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले कांग्रेसमा शेरबहादुर देउवालाई नै कायम राख्ने विषयमा बोलेको अडियो आफूलाई सुनाइएको बताएका हुन्।

उनका अनुसार चीनमा बोलेको भनिएको अडियो सार्वजनिक हुनुभन्दा तीन दिनअघि नै प्रधानमन्त्री कार्यालयका ती व्यक्तिको अडियो एक नेताले आफूलाई सुनाएका थिए। तर अडियो बाहिर लैजान नपाउने सर्त राखिएपछि आफूले त्यसमा खासै रुचि नदेखाएको थापाले बताए।

कमेन्ट लोड गर्नुस