सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भरुवा बन्दुक बरामद

२०८३ मंसिर ३, ०७:०८ खबर संवाददाता

बाजुराः बाजुरामा भरुवा बन्दुक बरामद गरिएको छ।

बाजुराको गौमुल गाउँपालिका–४ थाला स्थित अरानी बारसैन सामुदायिक वनमा रहेको ढुङ्गाको ओढार भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक थान–१, बारुद अन्दाजी ५० ग्राम र फलामका ४ वटा गोली बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी उक्त बन्दुक बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस