धनगढीबाट नगदसहित ६ जना जुवाडे पक्राउ
धनगढीः धनगढीबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–७ जोखरताल स्थित ३० वर्षीय उमेश चौधरीको घरमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज उमेश चौधरी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ५७ हजार ९२० र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।