सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८३ कार्तिक ३०, ०२:३५ खबर संवाददाता

धनगढीः बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान टुमेडाबाट हिड्नेगडा बजारतर्फ गइरहेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनापछि उद्धारमा खटिएको प्रहरी टोलीले सुरुमा तीन जनाको शव फेला पारेको थियो। थप खोजी गर्ने क्रममा चार वर्षीया रियास महराको शवसमेत भेटिएपछि मृतकको सङ्ख्या चार पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, तारा महरा, डल्ली महरा र रियास महराको मृत्यु भएको हो। अटोमा चालकसहित छ जना सवार रहेकोमा १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन्। दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस