सुदूरपश्चिममा देउवा पक्षको प्रदेश अधिवेशन मंसिर १५ र १६ गते
धनगढीः नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्षको सुदूरपश्चिम प्रदेशको अधिवेशन आगामी मंसिर १५ र १६ गते धनगढीमा हुने भएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायरले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेका हुन्।
अधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १५ गते बिहान ११ बजे हुने विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। केही जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ।