सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमले काठमाण्डुविरुद्ध पहिले ब्याटिङ गर्दै

२०८३ कार्तिक २७, १२:१२ खबर संवाददाता

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजविरुद्धको खेलमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो। सुदूरपश्चिमको लिग चरणको यो नै अन्तिम खेलको हो। सुदूरपश्चिम आठ अंकका साथ तेस्रो स्थानमा छ। 

कमेन्ट लोड गर्नुस