माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु, पाँच घाइते
काठमाडौं: मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको हो।
प्रहरीका अनुसार दुर्घटनाका बेला माइक्रोबसमा १५ जना सवार थिए। दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ।
दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।