बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ
२०८३ कार्तिक १७, ०७:२०
बझाङः बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय र १५ हजार ६ सय क्षतिपुर्ति तोकिएको बझाङको तलकोट गाउँपालिका–१ बस्ने २९ वर्षीय बिजय धमेना पक्राउ परेका हुन्। धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस