सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनियन्त्रित विङ्गर पसलमा ठोक्कियो, एक जना घाइते

२०८३ कार्तिक १६, १०:२३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा विङ्गर अनियन्त्रित भएर दुई पसलमा ठोक्किँदा एक जना घाइते भएका छन्।

सोमबार बिहान करिब ९ः४० बजे धनगढी उपमहानगरपालिका–४ बोराडाँडीस्थित ६ लेन सडकखण्डमा विङ्गर अनियन्त्रित भएर दुर्घटना भएको हो। जानकी गाउँपालिका–७ का ३२ वर्षीय राजु चौधरीले चलाएको सुपप्र ०१–००१ ज १४४३ नम्बरको विङ्गर बोराडाँडी चोकमा रहेका किराना पसल र सोभा सुज एण्ड त्रिपाल पसलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोभा सुज एण्ड त्रिपाल पसल सञ्चालक ४९ वर्षीय रमेश हिताङ घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको र उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट शिवबहादुर बमले सञ्चालन गरेको किराना पसल र रमेश हिताङले सञ्चालन गरेको सुज एण्ड त्रिपाल पसलमा क्षति पुगेको छ। विङ्गर घटनास्थलमै रहेको छ भने चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस