सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

२०८३ कार्तिक १५, ०४:१२ रासस

कञ्चनपुर : आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताए । “२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन”, उनले भने, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।” 

समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उनले बताए । कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारात्वोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।
 

कमेन्ट लोड गर्नुस