धनगढीका हार्डवयर व्यापारी जोशीको निधन
२०७६ असोज ५, ०१:५४
धनगढीका हार्डवयर व्यापारी रमेशचन्द्र जोशीको निधन भएको छ। धनगढीको क्याम्पस रोडमा रहेको के जोशी इन्टरप्राईजेजका सञ्चालक जोशीको क्यान्सरका कारण निधन भएको हो। कैलाली हार्डवयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले जोशीको भारतको जयपुरमा उपचारका क्रममा मृत्यु भएको बताए। जोशीलाई दुई वर्ष अघि क्यान्सर भएको थियो।
कमेन्ट लोड गर्नुस