आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो
२०८३ कार्तिक १२, ११:०५
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० र चाँदी ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९३० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र असली चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।
कमेन्ट लोड गर्नुस