बझाङमा चरेशसहित २ जना पक्राउ
बझाङः बझाङमा चरेशसहित २ जना पक्राउ परेका छन्।
बझाङको बुंगल नगरपालिका–४ बिजगडा बजार स्थित ४३ वर्षीय जनक कार्कीको घर कोठाबाट ३ किलो २६५ ग्राम लागूऔषध चरेशसहित निज कार्की र सोही कारोवारमा संलग्न सोही नगरपालिका–६ बस्ने ५७ वर्षीय जित बहादुर सिंह पक्राउ परेका हुन्।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरी टोलीले घर भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।