धनगढीका अर्जुन हमालले गरे कपडा बैंकलाई सहयोग
धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २४ थान कपडा सहयोग गरिएको छ । धनगढी–४ भगवती टोलका अर्जुन हमालले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् ।