सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरका हरिसिहं रावलले गरे कपडा बैंकलाई सहयोग 

२०८३ कार्तिक १०, १२:५१ खबर संवाददाता

धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४० थान कपडा सहयोग गरिएको छ। कञ्चनपुरको भीमदत्त-१८ महेन्द्रनगरका हरिसिहं रावलले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 
 

कमेन्ट लोड गर्नुस