सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

२०८३ कार्तिक १०, ११:३० रासस

कञ्चनपुर : कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । 
क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । “यो क्षेत्र फुटबलको केन्द्र हो यहाँबाट थुप्रै खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय लिगमा खेलिसकेका छन”, उनले भने । उनले क्लबले हरेक प्रतियोगितामा पुरस्कार राशि बढाउँदै गएको बताए । 

प्रतियोगितामा पुरुषतर्फ विजेताले तीन लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकलाई ,उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही  १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न र फुटबलको विकासमा योगदान पु¥याउने अपेक्षा आयोजकको छ ।
 

कमेन्ट लोड गर्नुस