सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चोरी भएको मोटरसाइकलसहित तीन जना पक्राउ

२०८३ कार्तिक ८, ०४:१३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट चोरी भएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ एकतानगरका धनबहादुर सोपको घरआँगनमा पार्किङ गरी राखिएको यूके ०६ बीजी २९६८ नम्बरको मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन परेको थियो।

प्रहरीले खोजतलास गर्ने क्रममा जानकी गाउँपालिका–३ भगतपुरबाट चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुरका २० वर्षीय आकाश बिष्ट तथा सोही वडाको एकतानगरका २४ वर्षीय भीम बराल र २४ वर्षीय नरेश रावल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो। पक्राउ परेका तीनै जनामाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस