सभापति लामिछाने भारत जाँदै
२०८३ कार्तिक ६, ११:०४
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जादै छन् ।
उनि तीन दिने भ्रमणका लागि आज भारत जान लागेका उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उनकोे निजी भ्रमण रहेको उल्लेख छ ।
कमेन्ट लोड गर्नुस