सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

२०८३ कार्तिक ४, ०३:५१ रासस

वीरगन्ज (पर्सा) : क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल तथा रौतहट बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसादलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । जुवा खेल्ने–खेलाउने गरेको आरोपमा पक्राउ परेकाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस