सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

२०८३ कार्तिक ४, ०१:२५ रासस

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरे ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।
गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरे ।
 

कमेन्ट लोड गर्नुस