सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

२०८३ कार्तिक १, ०७:३२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–४ चम्मचोक स्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नम्बर १०६ बाट बेदकोट नगरपालिका–७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई लागु औषध खैरो हेरोईनसहित पक्राउ गरिएको हो।

उनको साथबाट ३ ग्राम लागु औषध खैरो हेरोईन फेला पारी ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस