सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री गुरुङबाट जीवित देवी कुमारीको दर्शन

२०८३ कार्तिक १, ०३:०४ रासस

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरे ।

मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुगे । 
कुमारी घरको प्रतिनिधिमण्डलले उनलाई स्वागत गरे ।

उनले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष पूजाको प्रसाद पुर्‍याउने परम्परा छ । राष्ट्र प्रमुखले पनि कोजाग्रत पूर्णिमाको दिन कुमारीको दर्शन गर्ने प्रचलन छ ।
यसैबीच मन्त्री गुरुङले तलेजु भवानीको दर्शन गरे । 
 

कमेन्ट लोड गर्नुस