सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

२०८३ असोज ३१, १०:२९ रासस

वीरगञ्ज (पसा : हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ ।

पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत  वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन बनाइने छ । सडकको दुवै किनारमा साइकल लेन र  फुटपाथ पनि निर्माण हुनेछ । 
 

कमेन्ट लोड गर्नुस