सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ असोज ३०, ०८:५५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन्।

कैलालीमा चोरी मुद्दामा कैद र जरिवाना तोकिएका टीकापुर नगरपालिका–१, ब्लक नम्बर १२ बस्ने ३२ वर्षीय रोहित कठायत पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको २०८२ जेठ १९ गतेको फैसलाले उनलाई १ महिना १५ दिन कैद र १ लाख ६२ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।

त्यस्तै कञ्चनपुरबाट बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना तोकिएका ३५ वर्षीय दिनेश खत्री पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–३ टाकुरा घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा डेरा गरी बस्ने खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ९ गतेको फैसलाले उनलाई १ महिना कैद र २७ हजार २०० रुपैयाँ जरिवाना तोकेको थियो। 

कमेन्ट लोड गर्नुस