कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ साहरा ईटा भट्टा नजिकै भारतबाट नेपाल तर्फ लागूऔषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा अवैध लागूऔषध खैरो हिरोइन ८ ग्राम १५० मिलिग्रामसहित कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २२ वर्षीय सुरेश कोली र भारत लखिपुर खिरी बसई बस्ने ३० वर्षीय राम पुकार पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो यू.पी. ३१ सी.पी.६९७८ नम्बरको भारतिय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१३ प ६७६३ मोटरसाइकलमा सवार तिनै जनालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।
यसैगरी बेलौरी नगरपालिका–६ बसपार्कबाट अवैध लागूऔषध खैरो हिरोइन ९०० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।