धनगढी–२ सन्तोषी टोलकी श्रिद्धि पाण्डेयले गरिन् कपडा बैंकलाई सहयोग
धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ७७ थान कपडा र चार जोर जुत्ता सहयोग गरिएकाे छ। धनगढी–२ सन्तोषी टोलकि श्रीद्धि पाण्डेयले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेकी हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो। धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् ।