सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमलबजार नगरपालिका अछामको कार्यालयमा बम विस्फोट

२०७६ असोज ३, १०:३९ खबर संवाददाता

कमलबजार नगरपालिका अछामको कार्यालयमा बम विस्फोट भएको छ। बिहीबार राती पौने २ बजेको समयमा कमलबजार वडा नम्बर २ स्थित नगरपालिकाको कार्यालयमा विस्फोट भएको हो।

नगरपालिका कार्यालयको बरण्डामा बिष्फोट भएको अछाम प्रहरीले जनाएको छ। क्षती भने केही नभएको अछाम प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कमलबजार अछामबाट प्रहरी नायव निरीक्षक विर बहादुर सार्कीको कमाण्डमा ७ जना प्रहरीको टोली खटिएको थियो। बिष्फोटन गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस