धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेलाको रौनकता (फोटो फिचर सहित)
वर्षेनी बढ्दै छन आन्तरिक पर्यटकहरु
प्रदेश नम्बर ७ को धार्मिक एवंम् पर्यटकीय स्थल खप्तडमा आज गंगा दशहरा मेला लागेको छ । गंगा दशहरा मेला हेर्नका लागि देश तथा विदेशवाट समेत श्रद्धालु भत्तजनहरु खप्तड पुगेका छन । वर्षको एक पटक लाग्ने गंगा दशहरा मेला बझाङ, बाजुरा, डोटी र अछामको विचमा पर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् । बझाङको तमैल र डोटीको झिंग्रान भन्ने ठाँउबाट खप्तड जान सकिन्छ । चार पाँच घण्टाको उकालो पैदल यात्राबाट थकान महसुस भए पनि सुन्दर पाटनमा पुग्ने वित्तिकै चारैतिरको मनमोहक सुन्दरताले थकान मेटिन्छ ।
समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहस्श्रलिंग र चैत बैशाखमा फुल्ने लालीगुराँस खप्तड मुख्य आकर्षणका रुपमा रहेका छन् । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला । यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेको छ ।
प्रदेश नं ७ का ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरु र भारतको उत्तरखण्ड उत्तर प्रदेशवाट पनि यो मेला हेर्नेहरुको घुँईचो लाग्ने गर्दछ । झण्डै ५१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृतिप्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा प्रसिद्ध स्थल खप्तड बैशाखदेखि मंसीरसम्म घुम्नका लागि उपयुक्त समय मानिन्छ । पहाडको चुच्चोमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठुला ठुला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी फूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै स्वर्ग जस्तै छ ।
यसरी पुग्न सकिन्छ खप्तड ?
खप्तड भ्रमणका लागी सबैभन्दा छोटो बाटो बझाङको खप्तड छान्ना गाँउपालिकाको दारुगाँऊ भएर जाने बाटो हो । धनगढीबाट बझाङको तमैलसम्म ९÷१० घण्टा बसको यात्रा गर्नुपर्छ । तमैलबाट खप्तड छान्ना गाँउपालिकाको दारुगाँऊसम्म साना सवारी साधन जीप पाईन्छ, । जिपमा एक घण्टाको यात्रापछि दारुगाँऊ पुगिन्छ । बसोबासका क्रममा यस क्षेत्रका बासिन्दाहरुले पाहुनालाई गर्ने सत्कारले झनै लोभ्याउने गर्दछ । दारुगाँउबाट तीन घण्टाको उकालो काटेपछि (खप्तड बेस क्याम्प) लोखाडा पुगिन्छ । बेस क्याम्पवाट डेढ घण्टाको उकालो पैदल यात्रापछि खप्तड पुग्न सकिन्छ ।
वर्षेनी बढ्दै छन आन्तरिक पर्यटकहरु
खप्तड छान्ना गाँउपालिकाको दारु गाऊसम्म सडक संजाल जोडिए पछि बझाङको बाटो भएर खप्तड जानेको संख्या बढदै गएको छ । दारुगाँउ सम्म गाडी पुगेपछि यसै बाटो भएर खप्तड भम्रणमा जानेको संख्या बर्षेनी बढ्दै गएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए । पहिले गाउँ सुनसान हुन्थ्यो अहिले गाँउमा साना सवारी जिप चल्न थालेपछि खप्तड जानेको लर्को छउनले भने– पहिले पहिले गंगा दशहरा मेलामा मात्र मानिसहरु आउने गरेका थिए । तर पोहोर सालदेखि नयाँ बर्ष दशै र अन्य बेला पनि देशका विभिन्न ठाँउबाट मानिसहरु आउने गरेका छन । गत विगतका बर्षहरुभन्दा यस बर्ष वाहिर जिल्लावाट खप्तड जानेहरुको संख्या वढेको छ । पहिले दशहरा जातका वेला मात्र कमाई हुन्थ्यो छुटफुट रुपमा गोठालाहरु हुन्थ्थे पोहोर सालको नयाँ बर्षदेखि खप्तड आउनेको संख्यामा वृद्धि भएको ८ वर्षदेखि खप्तडमा होटल व्यवसाय गर्दै आएका वाजुराका लोक रावलले वताए ।
फोटोमा हेर्नुहोस् गंगा दशहरा मेला