संविधान दिवसको अवसरमा धनगढीमा निशुल्क सिकलसेल परिक्षण
२०७६ असोज २, ०३:५३
संविधान दिवसको अवसरमा धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले थारु समुदाएमा लाग्ने रोग सिकलसेल एनेमियाको निशुल्क शिविरको आयोजना गर्ने भएको छ। पछिल्लो समयमा थारु समुदायमा देखापरेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै गएपछी निशुल्क शिविरको आयोजना गर्ने तयारी भएको सेन्टरका प्रवन्ध निर्देशक महेन्द्र साउँदले बताए।
थारु समुदायमा बंशाणुगत रोग रहेका कारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु प्रर्ने माग गरिदै आईएको छ।
कमेन्ट लोड गर्नुस