सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको घोड्सुवामा ३७औँ हाइमास लाइट 

२०८३ असोज २२, ०८:०५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी ०६ ढुङ्गे बजारमा ३७औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। 

एक वडा एक व्यापारीक केन्द्र कार्यक्रमलाई ध्यानमा राखी यो हाइमास लाइट जडान गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ०६  स्थित ढुङ्गे बजारमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ०६ का वडाध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

सोही अभियानअन्तर्गत वडा नम्बर ०६ ढुङ्गे बजार क्षेत्रमा पनि हाइमास लाइट जडान गरिएको हो। व्यस्त तथा सार्वजनिक आवागमनको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस