कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३४ हजार ३५० बराबरको सामान बरामद गरेको हो। भन्सार छलीको पेय पदार्थ, चक्लेट, नमकिन, विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामान मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।