धनगढी– ८ को वडा कार्यालयमा आगजनी, विप्लव निकट नेकपामाथि आशंका
२०७६ असोज १, १०:२५
धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को वडा कार्यालयमा आगजनी गरिएको छ। बुधवार राती १० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको हो। झ्यालको शिशा फुटाएर पेट्रोलको बोत्तल फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायण बरालले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले राती नै आगो नियन्त्रणमा आइसकेको बताए। आगो कस्ले लगायो भन्ने बारे अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन गरिएको उनले बताए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ।
कमेन्ट लोड गर्नुस