कांग्रेस महाधिवेशन प्रतिनिधिमा कैलाली–५ बाट नितु जोशीको उम्मेदवारी
धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कैलाली क्षेत्र नम्बर ५ बाट युवा महिला महाधिवेशन प्रतिनिधितर्फ नितु जोशीले उम्मेदवारी घोषणा गरेकी छन्।
जोशीले ३५ वर्षमुनिको युवा महिला समूहअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएको प्रचार बताएकी छिन्। उनको शैक्षिक योग्यता बीएस्सी सीएसआईटी रहेको छ।
धनगढी उपमहानगरपालिका–२ स्थायी घर भएकी उनले सक्षम र समावेशी नेतृत्व निर्माणमा युवाहरले एकजुट हुनुपर्ने मा जोड दिएकी छन्। उनको उम्मेदवारी कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत युवा महिला प्रतिनिधित्वतर्फ रहेको छ।