पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी : बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ ।
पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।
स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि यातायातका साधन बीच बाटोमा नै रोकिएका छन् ।