धनगढीमा खैरो हिरोइनसहित दुई जना पक्राउ
कैलाली: धनगढी उपमहानगरपालिका–१९ गुम्बाचोकबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा स्थानीय २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवारको साथबाट १७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।