सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करिब १० लाख बराबरका भन्सार छलीका सामान बरामद

२०८३ असोज ७, ०९:०५ खबर संवाददाता

कैलाली: कैलालीका विभिन्न स्थानबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट मंगलबार खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका विभिन्न सामान फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा सुटपिस, ब्लाउज, बटन, हुक्स, कपडा मेसिनको सटल, इलास्टिक, सर्ट, फ्रक, कुर्ती, किराना सामान तथा अटो थान–१ लगायत रहेका छन्।

बरामद सामानको अन्दाजी मूल्य ९ लाख ९२ हजार ३२५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस