अछाममा सुत्केरी व्यथा लागेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार
२०७६ भदौ २९, ०६:२६
अछाममा सुत्केरी व्यथा लागेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १ बस्ने मनविर बिककी २० वर्षीय श्रीमती ईन्द्रा विकको उद्धार गरिएको प्रहरीले जनाएको छ।
न्याय हेल्थ अस्पताल बयालपाटा अछाममा बेड भर्ना गरिएकोमा अत्याधिक रक्तस्राव भएपछि आइतबार हेलिकोप्टर मार्फत उद्धार गरि कोहलपुर पठाईएको अछाम प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला स्वास्थ्य कार्यालय अछामको पहलमा र राष्ट्रपति राहत कोषको सहयोगमा सुत्केरीको उद्धार गरिएको हो।
कमेन्ट लोड गर्नुस