उद्योगमन्त्रीमा दीपक साह नियुक्त, राष्ट्रपतिसमक्ष शपथ
धनगढी: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह नियुक्त भएका छन्। उनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्री साहले बिहीबार नै शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश तथा राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसअघि बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएका थिए।