सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिका परिवारले सम्पर्क गर्न मन्त्री चौधरीको आग्रह

२०८३ भदौ २५, ०३:१३ खबर संवाददाता

काठमाडौं: कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढीबाट प्रभावित पश्चिम नेपालका नागरिकलाई उद्धार, राहत तथा आवश्यक सहयोगका लागि आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेकी छन्।

मन्त्री चौधरीको सचिवालयले बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा प्रतिनिधिलाई तत्काल आवश्यक सहयोग र समन्वयका लागि  ९७१३४७२७०५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा रोजगारीका सिलसिलामा पुगेका पश्चिम नेपालका कैयौं नागरिक अझै सम्पर्कविहीन रहेको सचिवालयले जनाएको छ।

प्रभावितहरूको समस्या तत्काल सम्बोधन गर्दै उद्धार तथा राहत कार्यमा समन्वय गर्न सम्पर्क नम्बर सार्वजनिक गरिएको सचिवालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस