सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक पुरुषको डुबेर मृत्यु

२०८३ भदौ २५, ०७:४९ खबर संवाददाता

धनगढीः कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ।

कैलालीको भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद चौधरीको मृत्यु भएको हो। घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा बुधबार दिउँसो डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस