सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली सुनचाँदी व्यवसायी संघद्वारा विपद् कोषमा ५ लाख २१ हजार सहयोग

२०८३ भदौ २२, ०५:३८ खबर संवाददाता

धनगढी: विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि कैलाली सुनचाँदी व्यवसायी संघले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष यदु सुनारका अनुसार उक्त रकम नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला विपद् प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संघले जनाएको छ।

संघले विपद्का समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै सहयोगमार्फत आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस