सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकाे मदरसा गौसिया गरिव नवाजका बालबालिकाद्वारा विपद् कोषमा सहयोग

२०८३ भदौ २१, ०५:०५ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–२ स्थित मदरसा गौसिया गरिव नवाजका पाक बाल क्लब तथा सम्पूर्ण बालबालिकाले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग गरेका छन्।

बालबालिकाले आफ्नो खाजाका लागि छुट्याइएको रकमबाट बचत गरेको रकम संकलन गरी २ हजार ५ सय रुपैया प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेका हुन्।

सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले बालबालिकाले आफ्नो दैनिक खाजा खर्चबाट रकम बचत गरी विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुग्ने गरी उक्त रकम प्रदान गरेका हुन्।

बालबालिकाको यस कार्यले सामाजिक सेवाप्रति उनीहरूको जिम्मेवारीबोध र सहयोगी भावना प्रदर्शन गरेको छ। सानो–सानो बचतबाट पनि विपद्मा परेकालाई सहयोग गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश उनीहरूले दिएका छन्।
 

कमेन्ट लोड गर्नुस