होटल संघ नेपाल सुदूरपश्चिम अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत
धनगढी: होटल संघ नेपाल (HAN) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्।
धनगढीमा सम्पन्न संघको प्रथम साधारण सभाले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा पदम भण्डारी र महासचिवमा धर्क शाह निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा शारदा शाह, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, चन्द्रप्रकाश ओली, पदम विक्रम सिंह, भुवन सिंह भण्डारी, नागेन्द्र खड्का, दिपेश शाह, पशुपति कुँवर र बसन्ता भण्डारी चयन भएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै होटल संघ नेपाल (HAN) का केन्द्रीय अध्यक्ष विनायक शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।