कैलालीमा १ लाख २६ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद
कैलाली: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख २६ हजार ४ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बेवारिसे अवस्थामा कुर्ता, साडी, धोती, सुटपिस, प्लास्टिक झिल्ली, ब्रोइलर कुखुरालगायतका सामान फेला पारेको हो।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।