सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा वृद्धि

२०८३ भदौ १९, ११:५२ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।  
 
सुनको मूल्य प्रतितोला रु  दुई हजार पाँच सय  र चाँदीको मूल्य रु ४० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो।

कमेन्ट लोड गर्नुस